पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भंग: रास्वपा

काठमाडाैं | पुस २६, २०८२

पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि एकता भंग: रास्वपा तस्बिर फाइल

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीको नाम नै फेर्ने प्रस्ताव आएपछि उज्यालो नेपाल पार्टी ९उनेपा०सँगको एकता भंग भएको निष्कर्ष निकालेको छ ।


उनेपासँगको एकता भंग भएपछि शनिबार (पुस २६) बसेको रास्वपा सचिवालय बैठकले कुलमान घिसिङले एकपछि अर्को प्रस्ताव ल्याएका कारण एकताले पूर्णता पाउन नसकेको निष्कर्ष निकालेको नेता शिशिर खनालले बताए ।


घिसिङले पार्टीको नयाँ नाम राख्नुपर्ने, आफूलाई वरिष्ठ उपसभापति बनाउनुपर्ने, निर्वाचन क्षेत्रको सिट बाँडफाँट गर्नुपर्ने, पार्टीका अरू पदाधिकारीमा पनि आफ्नो तर्फका नेतालाई नियुक्त गर्नुपर्नेलगायत प्रस्ताव ल्याएपछि एकता भंग भएका विषयमा सभापति रवि लामिछानेले बैठकमा जानकारी गराएको उनले बताए ।


पार्टी एकताका क्रममा भएको सहमतिभन्दा फरक र छुट्टाछुट्टै पूरक प्रस्ताव आउन थालेपछि सहकार्य अगाडि बढ्न नसकेको रास्वपाको दाबी छ ।


एकतासँगै वरिष्ठ उपसभापति, महामन्त्री, पदाधिकारी, थप सचिवालय सदस्य, केन्द्रीय सदस्य र निर्वाचन क्षेत्रसम्मको बाँडफाँटको प्रस्ताव आएपछि सहकार्यलाई पूर्णता दिन समस्या भएको नेता खनालको भनाइ छ । 


दुई दलबीच यसअघि भदौ २३ र २४ गतेको ‘जेनजी’ आन्दोलन, भ्रष्टाचारविरोधी चेतना, सुशासन र ‘मेरिटोक्रेसी’को नारालाई मूल आधार बनाउनेलगायत सातबुँदे सहमति भएको थियो ।

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

थप पढ्नुहोस्

पोखरा:  जिल्ला प्रशासन कार्यालय कास्कीले शुक्रबार सूचना जारी गर्दै भन्यो ‘अवैध रुपमा रहेका हातहतियार खरखजना माघ १५ गते भित्र नजिकैको प्रहरी कार्यालय वा प्रहरी इकाइमा बुझाउनु ।’  ...

थप पढ्नुहोस्

काठमाडौं:  गायक तथा अभिनेता प्रशान्त तामाङको निधन भएको छ ।   चलचित्रकर्मी राजेश घतानीका अनुसार दिल्लीस्थित आफ्नै निवासमा आज निधन भएको हो ।   इन्डियन आइडल जितेका तामाङ नेपालमा चर्च...

थप पढ्नुहोस्